Butwal Today

सिद्धार्थ बहुउद्देश्यीय सहकारीको साधारणसभा

१९ आश्विन २०८३, सोमबार
अ
अ+
अ-

बुटवल ।  सहकारीलाई वचत र ऋण परिचालनमा मात्र नभइ उद्यम विकास र सीप परिचालनमा उपयोग गर्न सहकारीका सदस्यहरू एकमत भएका छन् ।  सिद्धार्थ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २७ औँ वार्षिक साधारणसभामा सहभागी सदस्यहरूले सहकारीलाई बहुउपयोगमा लगाउने योजना पारित गरेका हुन् ।

एक हजार ७ सय ३८ सदस्य रहेको संस्थामा ४ करोड ५४ लाख ५९ हजार ८ सय रूपैयाँ सेयर पुजी छ । सहकारीले २८ करोड ५२ लाख ४७ हजार रूपैयाँ निक्षेप संकलन गरेको छ ।

साधारण सभामा प्रतिवेदन प्रस्तुत गर्दै सस्थाका अध्यक्ष तिलकराम आचार्यले सहकारीप्रति सदस्यको विश्वास कायम राख्न पारदर्शिता, वित्तीय अनुशासन र सदस्यमुखी सेवालाई प्राथमिकता दिएको बताउनुभयो ।

संस्थाले आगामी दिनमा सदस्यलाई थप प्रभावकारी सेवा दिँदै सहकारीलाई अझ सबल र व्यवस्थित बनाउने लक्ष्य लिएको समेत उनको भनाइ थियो । सहकारीका सल्लाहकार मीत्रलाल गैरेले प्रविधिमैत्री र सदस्यमुखी सेवा विस्तारमा अब सहकारीले विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

सहकारी विज्ञ तथा पूर्व सल्लाहकार डा. खगराज शर्माले सहकारीको दिगो विकासका लागि सदस्यको विश्वास र संस्थाको पारदर्शिता सबैभन्दा महत्वपूर्ण हुने बताए ।

साधारण सभामा बोल्दै सस्थापक अध्यक्ष बाबुलाल नेपाल, पूर्व अध्यक्ष रामप्रसाद पौडेल, अजीत खनाल लगायतले संस्थाको मुनाफाभन्दा सदस्यको हित र संस्थाको दीर्घकालीन स्थायित्वलाई प्राथमिकता दिन आग्रह गरे ।

सेयर सदस्य खुमा अधिकारी र खीमानन्द भण्डारीले ऋण लगानी गर्दा सदस्यको क्षमता र आवश्यकता हेरेर जोखिम व्यवस्थापन गर्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?