© 2026
बुटवल ।
पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित तल्लो सिद्धबाबा नजिक मोटरसाइकल सडकबाट करिब ९० मिटर तल खस्दा एक जनाको मृत्यु भएको छ ।
आइतबार दिउँसो साढे १ बजेको समयमा बुटवलबाट गुल्मीतर्फ जाँदै गरेको लु ७४ प ९१७१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट भिरतर्फ खसेको हो ।
दुर्घटनामा गुल्मीको छत्रकोट गाउँपालिका–३ का ४७ वर्षीय नवराज पन्थ गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डिएसपी भीमलाल भट्टराईले जानकारी दिए ।
डिएसपी भट्टराईका अनुसार मोटरसाइकल सडकबाट करिब ९० मिटर तल खसेको थियो ।