Butwal Today

कांग्रेस महाधिवेशनलाई जेनजी अगुवा हमालको शुभकामना : युवा नेतृत्वसँगै संकट समाधान होस्

१८ आश्विन २०८३, आइतबार
अ
अ+
अ-

काठमान्डौँ ।

जेनजी अगुवा रवि किरण हमालले नेपाली कांग्रेसको १५औँ महाधिवेशनको सफलताको शुभकामना व्यक्त गरेका छन् ।

नेपाली कांग्रेसका सभापति गगन थापासँगको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै हमालले महाधिवेशन भव्य रूपमा सफल होस् भन्दै सभापति थापासहित सम्पूर्ण कांग्रेसजनमा शुभकामना दिएका हुन् ।

हमालले महाधिवेशनले पार्टीभित्र युवाहरूको वर्चस्व कायम गर्नुपर्ने तथा मुलुकलाई वर्तमान संवैधानिक र अर्थ–राजनीतिक संकटबाट बाहिर निकाल्ने स्पष्ट संकल्प र नीति पारित गर्नुपर्ने बताएका छन् ।

उनले लेखेका छन्, “नेपाली कांग्रेसको १५औँ महाधिवेशन भव्य रूपमा सफल होस् । सभापति गगन थापाज्यू लगायत सम्पूर्ण कांग्रेसजनमा शुभकामना । महाधिवेशनले युवाहरूको वर्चस्व कायम गरोस्, संवैधानिक र अर्थ राजनीतिक संकटबाट देशलाई बाहिर निकाल्ने संकल्प र नीति पास गरोस् ।”

हमालले पछिल्लो समय राजनीतिक दलहरूको आन्तरिक रूपान्तरणसँगै देशको संवैधानिक तथा आर्थिक–राजनीतिक संकट समाधानका लागि नयाँ पुस्ताको निर्णायक भूमिका आवश्यक रहेको बताउँदै आएका छन् ।

कांग्रेसको महाधिवेशनलाई उनले युवाको नेतृत्व र वर्तमान राजनीतिक संकटको समाधानका लागि पार्टीले स्पष्ट नीति तथा संकल्प अघि बढाउने अवसरका रूपमा जोड दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?