Butwal Today

बाणगंगा नगरपालिकाद्धारा बजार अनुगमन : म्याद सकिएका खाद्य तथा पेय पदार्थ जफत गरी नष्ट

१७ आश्विन २०८३, शनिबार
अ
अ+
अ-

बाणगंगा । कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकाले बजार अनुगमन गरेको छ । शुक्रबार पालिकाका विभिन्न बजार अनुगमन गरिएको नगरपालिकाले जनाएको छ । बाणगंगा नगरपालिकाको पिपरा, ओदारी, बनगाई लगायतका मुख्य बजार क्षेत्रको अनुगमन गरिएको हो ।

सो अवसरमा दर्ता बिना सञ्चालन भएका, घरबहाल कर नतिरेका ब्यवसायीलाई सचेत गराउदैँ १ हप्ता भित्र पक्रिया पुरा गर्न निर्देशन दिइएको थियो भने म्याद सकिएका खाद्य तथा पेय पदार्थलाई जफत गरी नष्ट गरिएको नगरपालिकाले जनाएको छ । अनुगमनका क्रममा नगरपालिकाका नगरप्रमुख चक्रपाणी अर्यालले आवश्यकता र गुनासोका आधार पालिकाले अन्य समयमा छडके अनुगमन गर्ने गरेको भएतापनि अहिले भने चाडबाड लक्षित गरि बजार अनुगमन गरिएको बताए ।

बजार अनुगमनमा पालिकाका जनप्रतिनिधि, शाखा प्रमुख तथा पालिकाका कर्मचारी, कपिलवस्तु उद्योग बाणिज्य सघं, उद्योग ब्यापार सघंका पदाधिकारी, पत्रकार सुरक्षाकर्मी, नगर प्रहरी लगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?