Butwal Today

नेपाली काँग्रेस गुल्मीको दुवै क्षेत्रीय अधिवेशन सम्पन्न

१६ आश्विन २०८३, शुक्रबार
अ
अ+
अ-

गुल्मी ।  नेपाली काँग्रेस गुल्मीका दुई निर्वाचनका क्षेत्रीय अधिवेशन सम्पन्न भएका छन् । अधिवेशनबाट क्षेत्र नं १ को क्षेत्रीय सभापतिमा भरत भलामी र क्षेत्र नं २ को क्षेत्रीय सभापतिमा झबिन्द्र अर्याल निर्वाचित भएका छन् ।

क्षेत्र नं १ को क्षेत्रीय सभापतिमा भलामीले ६३० मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी सन्तोष गौतमले ५५४ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत भीम न्यौपानेले जानकारी दिए ।

त्यस्तै, क्षेत्र नं २ को क्षेत्रीय सभापतिमा अर्यालले ४७३ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी रेखाकुमार जिसीले ४६६ मत प्राप्त गरेको निर्वाचन अधिकृत ओमप्रकाश पौडेलले जानकारी दिएका छन् ।

क्षेत्रीय अधिवेशन अन्तर्गत क्षेत्र नं १ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमहरूमा खुलातर्फ डा.चन्द्रकान्त भण्डारी, द्रोणबहादुर खत्री, अनन्तराम पौडेल, धनेन्द्र कार्की, डा. तुल्सीराम पाण्डे, श्रीप्रसाद भलामी, इन्जिनियर अमृत ज्ञवाली, पारिश्वर ढकाल, जगदीश भट्टराई र मोतीलाल भण्डारी निर्वाचित भएका छन् ।

महिलातर्फ जमुना न्यौपाने, तारा थापा ढेंगा, ताराकुमारी पौडेल र भगवती काफ्ले भण्डारी निर्वाचित हुनुभएको छ । युवातर्फ सुस्मा पाण्डे, तोमलाल पन्थी र सिजन राना निर्वाचित भएका छन् । खस–आर्यतर्फ राजेन्द्र कँडेल र मुकेश थापा तथा आदिवासी जनजातितर्फ प्रेमबहादुर पुन र हरिकुमार श्रेष्ठ निर्वाचित भएको बताईएको छ ।

त्यस्तै दलिततर्फ प्रेम परियार, अपाङ्गतातर्फ केशवराज भण्डारी (कमल), श्रमिकतर्फ मदन केसी, पेशागत विज्ञतर्फ इन्जिनियर अर्जुन मोहत्रा र प्रजातन्त्र सेनानी तथा शहीद परिवार र द्वन्द्वपीडिततर्फ मुक्ति कँडेल निर्वाचित भएका छन् । त्यसैगरी क्षेत्र नं २ बाट पनि केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूको अन्तिम मतपरिणाम शुक्रबार बिहान सार्वजनिक भएको छ । जसमा खुलातर्फ खिलध्वज पन्थी, भुवनप्रसाद श्रेष्ठ, भगतसिंह खड्का, छन्दबहादुर पहराई, प्रेमनारायण भण्डारी, महेन्द्रप्रसाद भण्डारी, सीए पदम भट्टराई, त्रैलोक्यप्रताप सेन, सूर्यबहादुर खत्री र धर्मराज पाण्डे निर्वाचित भएका हुन् ।

खुला खस–आर्यतर्फ चुराबहादुर खत्री, चुरामणि भण्डारी र उदयबहादुर थापा तथा खस–आर्य महिलातर्फ कल्पना पन्थी र निर्मला केसी निर्वाचित भएका छन् । खुला युवातर्फ शिव भट्टराई र झबिन्द्र पाण्डे निर्वाचित तथा विभिन्न विषयगत तथा समावेशी क्लस्टरतर्फ श्रमिकमा रेशम कुँवर, पेशागत विज्ञतर्फ इन्जिनियर सन्तोष कुँवर, युवा (अपाङ्गता) तर्फ हरि भट्टराई तथा समानुपातिक आदिवासी जनजाति खुलातर्फ प्रकाश बुढाथोकी निर्वाचित भएको निर्वाचन अधिकृत पौडेलले जानकारी दिएका छन् ।

नेपाली काँग्रेसको क्षेत्रीय अधिवेशनबाट क्षेत्रीय नेतृत्वसँगै केन्द्रीय महाधिवेशन प्रतिनिधि समेत चयन भएकाले अब जिल्लाको आगामी अधिवेशन तथा पार्टीको केन्द्रीय महाधिवेशनका लागि प्रतिनिधित्व सुनिश्चित भएको नेपाली काँग्रेका पार्टि सभापति खिलध्वज पन्थीले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?