© 2026
काठमान्डौँ ।
नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा क्षेत्रीय प्रतिनिधिमा चयन भएका छन् । पार्टीको इतर समूहले बिहीबार आयोजना गरेको वडा अधिवेशनबाट देउवा डडेलधुराको गन्यापधुरा गाउँपालिका–१ बाट क्षेत्रीय प्रतिनिधिमा चयन भएका हुन् ।
नेपाली कांग्रेस इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत गन्यापधुरा गाउँपालिका–१ मा भएको वडा अधिवेशनबाट देउवा सर्वसम्मत वा बहुमतका आधारमा क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएको प्रमाणपत्रमा उल्लेख छ ।
क्षेत्रीय प्रतिनिधिमा चयन भएसँगै देउवा महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवार बन्न पाउनेछन् । प्रतिनिधिसभा निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधि चयन भएपछि मात्र उनी महाधिवेशनमा सहभागी हुन पाउनेछन् ।
इतर समूहले आगामी असोज २४ गते क्षेत्रीय अधिवेशन गर्ने मिति तय गरेको छ ।