© 2026
चन्द्रौटा । बस र ट्रक एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । कपिलवस्तुको शिवराज नगरपालिका १, चोरखोलामा शुक्रबार बिहान करिब ६ बजे भएको दुर्घटनामा बस चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीक अनुसार दुर्घटनामा ना.६ प ३३३३ नम्बरको ट्रक र लु.प्र.०३ ००१ ख ००९९ नम्बरको बस ठोक्किएका थिए । दुर्घटनामा परी बस चालक ३४ वर्षीय सुमन खत्रीको मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएकाहरूलाई उपचारका लागि चन्द्रौटा लगिएको छ । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।