Butwal Today

महाकालीको झोलुङ्गे पुलमा भएको क्षतिको विषय सदनमा उठ्यो

१४ आश्विन २०८३, बुधबार
अ
अ+
अ-

काठमान्डौँ ।

कञ्चनपुरको दोधारा–चाँदनी र भीमदत्त नगरपालिका जोड्ने महाकाली नदीमाथिको झोलुङ्गे पुलमा भएको क्षतिको विषय प्रतिनिधि सभा बैठकमा उठेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ज्ञानेन्द्रसिंह महताले आज बिहान झोलुङ्गे पुलको एउटा स्पान र बीचको टावर खसेपछि आवतजावत बन्द भएको विषय संसद्मा उठाएका हुन् ।

सांसद महताले क्षतिग्रस्त पुलको प्राविधिक कारण पहिचान गर्न सरकारसँग माग गरेका छन् । उनले तत्काल पुलको अवस्था पहिचान गरी आवश्यक कदम चाल्नसमेत सरकारको ध्यानाकर्षण गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?