Butwal Today

नेकपा लुम्बिनीको प्रमुख सचेतकमा भगवती अधिकारी

१३ आश्विन २०८३, मंगलवार
अ
अ+
अ-

देउखुरी । नेपाली कम्युनिस्ट पार्टी नेकपाले रुपन्देहीकी प्रदेशसभा सदस्य भगवती अधिकारीलाई लुम्बिनी प्रदेशसभामा प्रमुख सचेतक नियुक्त गरेको छ। नेकपा लुम्बिनी प्रदेश संसदीय दलका नेता जोखबहादुर महराले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ तथा पार्टीको विधानअनुसार अधिकारीलाई प्रमुख सचेतकको जिम्मेवारी दिएका हुन्।

यसअघि प्रमुख सचेतकको जिम्मेवारी सम्हाल्दै आएका इन्द्रजित थारू आर्थिक मामिला तथा योजना मन्त्री बनेपछि उक्त पद रिक्त भएको थियो। थारू मन्त्री बनेपछि अधिकारीलाई प्रमुख सचेतकको जिम्मेवारी दिइएको हो। दलका नेता महरा बाहिर रहेका कारण आर्थिक मामिला तथा योजनामन्त्री एवं तत्कालीन प्रमुख सचेतक इन्द्रजित थारूले अधिकारीलाई नियुक्तिपत्र हस्तान्तरण गरेका थिए।

अधिकारी यसअघि लुम्बिनी प्रदेश सरकारको महिला, बालबालिका मन्त्रीको जिम्मेवारी सम्हालिसकेकी छन् भने मन्त्री जिम्मेवारीबाट हटि सकेपछि नेकपा संसदीय दलको सचेतकको जिम्मेवारीसमेत निर्वाह गरिसकेकी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?