Butwal Today

तमू समाज कतारको वार्षिक साधारण सभा सम्पन्न

१२ आश्विन २०८३, सोमबार
अ
अ+
अ-

कतार ।

कतारवासी तमूहरुको साझा संस्था तमू (गुरुङ) समाज, कतारको ११औँ वार्षिक साधारण सभा–२०२६ सम्पन्न भएको छ। दोहामा सम्पन्न सभामा समाजका अध्यक्ष चन्द्रप्रसाद गुरुङ ९दिनेश० सभाअध्यक्षता तथा समाजका प्रमुख संरक्षक बुधबल गुरुङको प्रमुख आतिथ्यता रहेको थियो ।

समाजका प्रथम उपाध्यक्ष ओमराज गुरुङले स्वागत मन्तव्य राख्दै तमू समुदायको भाषा, संस्कार, संस्कृति र परम्पराको संरक्षण तथा सामाजिक एकताका लागि संस्थागत सहकार्य आवश्यक रहेको बताए। सभामा कार्यवाहक महासचिव दुर्गा गुरुङ ‘डि।बि।’ले समाजको वार्षिक सांगठनिक प्रगति प्रतिवेदन प्रस्तुत गरे। प्रतिवेदनमा एक वर्षको अवधिमा समाजले गरेका सामाजिक, सांस्कृतिक, मानवीय तथा संस्थागत गतिविधि र आगामी कार्यदिशाबारे जानकारी गराइएको थियो। यस्तै, कोषाध्यक्ष चन्द्रप्रकाश गुरुङ ‘सि।पि।’ले आर्थिक प्रगति प्रतिवेदन तथा बचत संयोजक प्रकाश गुरुङले बचतसम्बन्धी विवरण प्रस्तुत गरेका थिए।

 

सभाको अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वलाई सम्मान समेत गरिएको थियो। नेपालबाट दोहा फेसन समिट–२०२६ मा सहभागी हुन कतार आएकी सोन्या स्टाइलिसकी सीईओ तथा फेसन डिजाइनर सोन्या गुरुङलाई समाजका तर्फबाट तमू परम्पराअनुसार ‘क्रमु ९पछ्यौरी०’ ओढाई सम्मानपत्र प्रदान गरिएको थियो।

त्यसैगरी, नेपाल गजल प्रतिष्ठानद्वारा मोती जयन्ती–२०८३ को अवसरमा आयोजित विश्वव्यापी गजल प्रतियोगितामा प्रथम भएका समाजका सक्रिय सदस्य तथा साहित्यकार पूर्ण कान्छा गुरुङलाई पनि सम्मान गरिएको थियो। सम्मानपछि उनले आफ्नो गजल प्रस्तुत गरेका थिए।

कार्यक्रममा विभिन्न विभागीय प्रमुख तथा अतिथिहरूले समाजको संस्थागत एकता, सामाजिक सेवा तथा तमू भाषा, संस्कार, संस्कृति र परम्पराको संरक्षणमा जोड दिएका थिए। प्रमुख संरक्षक बुधबल गुरुङले समाजका गतिविधिलाई निरन्तरता दिँदै संस्थागत एकता र सहकार्यलाई थप मजबुत बनाउनुपर्ने बताए।

सभालाई समापन गर्दै अध्यक्ष चन्द्रप्रसाद गुरुङ ‘दिनेश’ले एक वर्षको अवधिमा समाजका गतिविधिमा साथ, सहयोग र सहकार्य गर्ने सबैप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि सबैको सहकार्यबाट संस्थालाई थप सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे।कार्यक्रमको सहजीकरण कार्यवाहक महासचिव दुर्गा गुरुङ ‘डि।बि।’, सचिव सुजन गुरुङ र महिला सचिव रश्मि गुरुङले गरेका थिए। सभामा समाजका पदाधिकारी, सल्लाहकार तथा तमू समुदायका प्रतिनिधि, कलाकार र खेलाडीहरूको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?