Butwal Today

‘हनी ट्रयाप‘मा पारेर ब्ल्याकमेलिङ गर्ने एक महिला प्रहरीको फन्दामा

१२ आश्विन २०८३, सोमबार
अ
अ+
अ-

बाँके ।

बाँके प्रहरीले ‘हनी ट्रयापमा पारेर एक पुरुषलाई ब्ल्याकमेलिङ गर्दै नगद तथा जिन्सी सामान असुलेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार पक्राउ पर्नेमा रामेछापको गोकुलगंगा गाउँपालिका–२ घर भई हाल काठमाडौं महानगरपालिका–१०, सुकेधारामा कोठा भाडामा लिएर बस्दै आएकी ३० वर्षीया सविता श्रेष्ठ रहेकी छन् ।

प्रहरीका अनुसार श्रेष्ठले बाँकेको बैजनाथ गाउँपालिका–२ बस्ने ३२ वर्षीय एक पुरुषलाई पूर्वयोजना बनाई माया–प्रेम तथा शारीरिक सम्बन्धको जालमा पारेकी थिइन् । त्यसपछि विभिन्न मुद्दामा फसाइदिने भन्दै डर, त्रास र धाकधम्की दिई पटक–पटक नगद तथा जिन्सी सामान लिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रहरीले उक्त घटनालाई ‘हनी ट्रयापमार्फत आपराधिक लाभ लिने कार्यका रूपमा अनुसन्धान गरिरहेको जनाएको छ। घटनामा संलग्न रहेको आरोपमा फरार रहेकी श्रेष्ठलाई २०८३ साल असोज ५ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?