Butwal Today

तिनाउ नदीमा पानीको सतह बढ्दो, दोभानमा ६.२९ मिटर

१० आश्विन २०८३, शनिबार
अ
अ+
अ-

बुटवल । रुपन्देही र पाल्पामा लगातार भइरहेको वर्षाका कारण तिनाउ नदीमा पानीको बहाव बढेको छ। दोभान खोला र झुम्सा खोला मिसिएर तिनाउ नदी बन्ने भए पनि अहिले दोभान खोलाभन्दा तानसेनतर्फबाट बग्ने झुम्सा खोलामा पानीको बहाव बढी रहेको जनाइएको छ।

मौसम पूर्वानुमान महाशाखाले दोभानमा राखेको पानी मापन यन्त्रअनुसार शनिबार राति ८:४० बजे पानीको सतह ६.२९ मिटर मापन भएको छ। दोभान माध्यमिक विद्यालयका शिक्षक तथा पानी मापन यन्त्रका जाँचकी सन्तोष शेरचनका अनुसार ७ मिटर पुगेपछि तिनाउमा खतरा तह मानिन्छ।

हालको सतह खतरा तहभन्दा ७१ सेन्टिमिटर तल रहेको छ। दोभान क्षेत्रमा समेत वर्षा भइरहेको शेरचनले जानकारी दिएका छन्। लगातार वर्षा भइरहेकाले झुम्सा खोला तथा तिनाउ नदीको जलस्तर थप बढ्न सक्ने सम्भावना रहेको भन्दै नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?