© 2026
सल्यान।
अविरल वर्षाका कारण पहिरो जाने, रुख ढल्ने तथा ढुङ्गा खस्ने जोखिम बढेपछि दाङ र सल्यान जिल्ला प्रशासन कार्यालयले राप्ती राजमार्गअन्तर्गतका मुख्य सडकखण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द गराएका छन् ।
बिहीबारदेखि भइरहेको निरन्तर वर्षाका कारण सडकमा पहिरो हटाउने कामसमेत प्रभावित भएपछि यात्रु तथा सवारी साधनको सुरक्षालाई ध्यानमा राख्दै आवागमन बन्द गर्ने निर्णय गरिएको हो ।
दाङका प्रमुख जिल्ला अधिकारी निश्चलराज पाण्डे र सल्यानका सहायक प्रमुख जिल्ला अधिकारी सुशिल लम्सालले छुट्टाछुट्टै सूचना जारी गर्दै तुलसीपुर–कपुरकोट सडकखण्डमा शुक्रबारदेखि असोज ११ गतेसम्म सबै प्रकारका सवारी साधनको आवतजावतमा पूर्ण रोक लगाएका छन् ।