© 2026
काठमान्डौँ ।
अमेरिकी अखबार द न्युयोर्क टाइम्सले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहको कालो चस्मालाई लिएर विशेष सामग्री प्रकाशित गरेको छ ।
सेप्टेम्बर २४ मा प्रकाशित ‘नेपालका नेताले संयुक्त राष्ट्रसंघ महासभामा पनि किन लगाए कालो चस्मा ?’ शीर्षकको सामग्रीमा न्युयोर्क टाइम्सले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दा पनि बालेनले आफ्नो पहिचान बनेको कालो चस्मा नफुकालेको उल्लेख गरेको छ ।
उक्त सामग्रीमा र्यापरका रूपमा सक्रिय हुँदादेखि काठमाडौंका मेयर हुँदै प्रधानमन्त्री बनेसम्म कालो चस्मा उनको सार्वजनिक पहिरनको हिस्सा बन्दै आएको चर्चा गरिएको छ ।
न्युयोर्क टाइम्सले बालेनको चस्मा उनको सार्वजनिक छविको महत्त्वपूर्ण पहिचान बनेको र नेपालमा उनको शैली पछ्याउँदै त्यस्तै चस्माको बिक्रीसमेत हुन थालेको उल्लेख गरेको छ ।
सामग्रीमा चिकित्सकको सल्लाहअनुसार कडा उज्यालोबाट आँखाको सुरक्षाका लागि प्रधानमन्त्रीले चस्मा लगाउने गरेको उनको कार्यालयको भनाइ पनि समेटिएको छ ।