Butwal Today

रास्वपाले सांसदको उपस्थिति तालिका तोक्यो

८ आश्विन २०८३, बिहीबार
अ+
अ-

काठमाडौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले प्रतिनिधिसभा बैठकमा सांसदहरूको नियमित तथा प्रभावकारी उपस्थिति सुनिश्चित गर्न समूहगत न्यूनतम उपस्थिति तालिका निर्धारण गरेको छ ।

मुख्य सचेतक कवीन्द्र बुर्लाकोटीले जारी गरेको सूचनाअनुसार समूहका आधारमा आजदेखि असोज १६ गतेसम्म विभिन्न समूहका सांसद अनिवार्य रूपमा उपस्थित हुनुपर्ने छ । समूह निर्धारण नगरिएका सांसद पनि संसद् बैठकमा उपस्थित हुनुपर्ने छ । विशेष अवस्थामा बाहेक संसद्मा उपस्थिति सबैका लागि सधैँ बाध्यकारी हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?