Butwal Today

पाल्पाका ८ पालिकामा कांग्रेसको नयाँ नेतृत्व

८ आश्विन २०८३, बिहीबार
अ+
अ-

पाल्पा ।

नेपाली कांग्रेसको बुधबार सम्पन्न पालिका अधिबेशनबाट ८ वटा स्थानीय तहमा सभापती सहित पदाधिकारी निर्वाचित भएका छन् भने रम्भा र रामपुरमा भने निर्वाचनको प्रक्रिया सुरु भएको छ ।

निर्वाचित हुनेमा रैनादेबी छहराबाट देबेन्द्र पुन, रिब्दीकोटबाट मेधराज पौडेल, तानसेनमा राजु महर्जन, तिनाउबाट पदमलाल शाक्य, माथागढीमा मघु पराजुली, बगनासकालीमा लिलाधर अर्याल, पूर्वखोलामा बिष्णुमाया आचार्य र निस्दीमा नर बहादुर नेपाली निर्वाचित भएका छन् ।

रिब्दीकोट बाहेक अन्य सबै पालिकामा सर्वसम्मत नेतृत्व चयन भएको थियो । रिब्दीकोटमा मेघराज पौडेलले ७१ मत पाई बिजयी हुदा नारायण बहादुर केसीले ३६ मत प्राप्त गरे त्यस्तै ओम प्रसाद पोखरेले १७ र कृष्ण प्रसाद नेपालले ७ मत पाएको निर्वाचन अधिकृत बाबुराम आर्चायले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?