Butwal Today

नेपाल–आइसल्यान्ड परराष्ट्रमन्त्रीबीच भेटवार्ता

८ आश्विन २०८३, बिहीबार
अ+
अ-

काठमाडौँ ।

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र आइसल्यान्डका परराष्ट्रमन्त्री पोर्गदर क्याट्रिन गुनार्सदोतिरबीच भेटवार्ता भएको छ ।

मन्त्री खनालको निजी सचिवालयका अनुसार दुवै मन्त्रीले जलवायुजन्य विपद् तथा जोखिम न्युनीकरणमा साझेदारीलगायत विषयमा छलफल गरेका थिए ।

उनीहरूले भोटेकोशी बाढी तथा त्यसपछिका पुनःस्थापना, पुनर्मिलन तथा पुनर्निर्माणका लागि सरकारका सबै तह तथा समाजका सबैपक्षको समन्वित प्रयास आवश्यक रहेकामा जोड दिए ।

जलवायु परिवर्तनका बढ्दो जोखिम, क्षमता अभाव तथा स्रोतसाधनको सीमिततालाई सम्बोधन गर्न विश्वव्यापी ऐक्यबद्धता र अन्तरराष्ट्रिय सहकार्य सुदृढ गर्नुपर्नेमा पनि दुवै मन्त्रीहरूले जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?