© 2026
काठमाडौँ ।
प्रतिनिधिसभाका सांसदहरुले रसुवाको भोटेकोशी बाढी परी निधन भएकाको आ आफ्नो धार्मिक विधि अनुसार अन्त्येष्टि संस्कार गराउने व्यवस्था गराउन माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद सरस्वती लामाले रसुवाको भोटेकोशी बाढीमा परी निधन भएकाको आ आफ्नो धार्मिक विधि अनुसार अन्त्येष्टि संस्कार गराउने व्यवस्था गराउन माग गरिन ।
सांसद सागर भुसालले जेनजी आन्दोलनमा प्रभावितलाई रु पाँच हजार एउटा व्यक्तिको गाँस, बास र कपासको आवश्यकता पूरा नहुने भएकाले पुनर्विचार गर्न माग गरे । सांसद साजिदा खातुन सिद्धिकीले रसुवा बाढीमा वेपत्ताको खोजी के हुँदैछ भनी सोध्नुभएको छ । आत्मदाह किन बढेको छ भनी खोजी गर्न पनि उनले ध्यानाकर्षण गराइन । सांसद सीताराम साहले धान बालीलाई पानी नभएर समस्या भएकाले तराइ क्षेत्रको सुक्खाको समस्या समाधान गर्न माग गरे ।
सांसद सृजना श्रेष्ठले निजी क्षेत्रले रोजगारी वृद्धिमा काम गर्ने भएकाले यसको प्रवद्र्धन गरिनुपर्ने बताइन । सांसद सुजाता तामाङले कृषि जमिनको क्षति हुनबाट रोक्ने व्यवस्था गराउन माग गरिन । गरीबको मुख्य स्रोत नै कृषि भएकाले यसको संरक्षण गरिनुपर्नेमा उनको जोड थियो ।
सांसद सुनिल केसीले कर्मचारीसँग सहकार्य गरी गल्ती भए कानुनी कारबाहीको प्रक्रियामा अघि बढाउनुपर्ने बताए । सांसद सुरेशकुमार चौधरीले तराइ क्षेत्रका जग्गा समस्या समाधान गरिनुपर्नेमा जोड दिए ।
सांसद सुशील खड्काले बागलुङ जिल्लामा शिक्षण अस्पतालको व्यवस्था गराउन माग गरेकामा प्रगति भएन भने । सांसद सुशीला ढकाल आचार्यले मद्यपान गर्नेहरुका कारण समस्या हुने गरेकाले समाधान गराउन माग गरिन । सांसद सुषमा स्वर्णकारले जेनजी आन्दोलन भएको एक वर्ष भएपनि आन्दोलनमा सहभागी जेनजी याद्धा जेलमा रहेकाले तिनलाई न्याय दिन माग गरिन । सांसद सोम शर्माले संयुक्त राष्ट्र सङ्घको महासभामा जलवायु परिवर्तनको मुद्दामा प्रधानमन्त्रीको सम्बोधनको प्रतीक्षा भइरहेको बताए ।
सांसद स्मृति सेञ्चुरीले दशैँमा घर फर्कने उत्साहबीच गत वर्ष भदौको जेनजी आन्दोलनमा जेल परेकालाई न्याय माग गरिन । सांसद हरिमोहन भण्डारीले संसद्को क्यान्टिनको दरले माननीयको तलबले नभ्याउने अवस्था भएकाले तत्काल समस्या समाधान गरिनुपर्नेमा जोड दिए ।
सांसद हरिप्रसाद भुसालले अर्घाखाँचीका प्रहरी चौकी भवन जीर्ण भएर समस्या आएकाले समाधान गर्न, मोटरसाइकल पनि पुराना भएर नचल्ने गरेकाले चलाउने व्यवस्था गराउन माग गरे । सांसद ज्ञानु पौडेलले अब आउने स्थानीय तहको निर्वाचनमा महिला प्रतिनिधित्व बढाउने गरी कानुनी व्यवस्था मिलाउन माग गरिन । निर्णायक तहमा पनि महिला निर्वाचित हुने गरी व्यवस्था गरिनुपर्ने उनको भनाइ थियो ।
सांसद सुम्निमा उदासले विपद्पछि पर्यटन क्षेत्रमा अन्यत्र स्थगित गरेपनि मनास्लु क्षेत्रमा पर्यटक भएकाले मौसमका कारण हुने समस्याका बेला तिनको उद्धार गर्ने व्यवस्था मिलाउन माग गरिन ।