© 2026
बुटवल । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बुटवल उपमहानगरपालिका नगर कार्यसमितिको सभापतिमा ज्योति भण्डारी निर्वाचित भएका छन्।
निर्वाचनमा भण्डारीले ४११ मत प्राप्त गर्दै सभापतिमा निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी जितबहादुर मल्लले २२६ मत प्राप्त गरे।नगर कार्यसमितिको उपसभापतिमा गणेश घिमिरे निर्वाचित भएका छन्। घिमिरेले ३४९ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी तीर्थराज काफ्लेले २५७ मत पाए।
महिला उपसभापतिमा गंगा पन्थी निर्वाचित भएकी छन्। पन्थीले ३८० मत प्राप्त गर्दा करुणा मल्लले २३९ मत प्राप्त गरिन्।त्यस्तै, सचिवमा इन्जिनियर अर्जुन गिरी निर्वाचित भएका छन्। गिरीले ३४९ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी रमेशप्रसाद अधिकारीले २२० मत पाए।
सहसचिवमा नारायण खनाल निर्वाचित भएका छन्। खनालले ३०४ मत प्राप्त गर्दा सूर्यप्रसाद काफ्लेले २६४ मत प्राप्त गरे।युवा खुला सदस्यतर्फ सगुन पुन र डा। सन्तोषप्रसाद ढकाल निर्वाचित भएका छन्।
बुटवल नगर समितिको नेतृत्वका लागि भण्डारी र मल्लले छुट्टाछुट्टै प्यानल बनाएर उम्मेदवारी दिएका थिए। नगर समितिको निर्वाचनमा ६६९ मतदाता रहेकामा ६४८ मत खसेको निर्वाचन अधिकृत जीवनारायण अधिकारीले जानकारी दिए।