Butwal Today

बुटवल-पाल्पा सडकखण्ड राति ७ बजेदेखि बिहान ५ बजेसम्म बन्द

८ आश्विन २०८३, बिहीबार
अ+
अ-

बुटवल । पाल्पामा निरन्तर भारी वर्षा भइरहेकाले सम्भावित विपद्को जोखिमलाई मध्यनजर गर्दै सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्ड बिहीबार राति ७ बजेदेखि शुक्रबार बिहान ५ बजेसम्म बन्द गरिएको छ।

जिल्ला प्रशासन कार्यालय, पाल्पाका अनुसार दोभान–सिद्धबाबा खण्डमा बाढी, पहिरो तथा अन्य विपद्जन्य जोखिम बढेकाले रातिको समयमा सडक बन्द गरिएको हो। पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले जोखिमलाई ध्यानमा राखेर राति सडक सञ्चालनमा रोक लगाइएको जानकारी दिए। सिद्धबाबा क्षेत्रमा बिहीबार पनि पटक–पटक पहिरो खसेको थियो।

प्रहरीले अत्यावश्यक कामबाहेक आगामी तीन दिन यात्रा नगर्न समेत आग्रह गरेको छ। अहिले पनि सिद्धबाबा क्षेत्रमा ठूलो वर्षा भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?