© 2026
पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको पहिलो नियमित अन्तर्राष्ट्रिय उडान शुरु भएको छ । फ्लाई दुबईको पहिलो विमान
बुधबार साँझ ६ : १५ बजे अवतरण गर्दैछ । उक्त बिमान पोखराबाट यात्रु लिएर साँझ ७ : १५ बजे दुबई फर्कने छ । दुबई र दुबईलाई ट्रान्जिट बनाएर अन्य मुलुक जाने यात्रु र उनीहरूका आफन्तको उपस्थितिले पोखरा विमानस्थल चहलपहल देखिएको छ । पोखराबाट १ सय ५६ यात्रु लिएर फ्लाई दुबई फर्किने छ ।