© 2026
पोखरा । फ्लाई दुबईको विमान आज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ। दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु गरेको विमानलाई पोखरा विमानस्थलमा पानीको फोहोराले स्वागत गरिएको छ। दुबईलाई ट्रान्जिट बनाएर अन्य मुलुक जाने यात्रु र उनीहरूका आफन्तको उपस्थितिले पोखरा विमानस्थल चहलपहल देखिएको छ । पोखराबाट १ सय ५६ यात्रु लिएर फ्लाई दुबई फर्किने छ ।
फ्लाई दुबईले आजदेखि यस रुटमा नियमित व्यावसायिक उडान सुरु गरेको हो। पोखरा अवतरण गरेको विमान आजै यात्रु लिएर दुबई फर्कनेछ। यससँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान विस्तार हुने अपेक्षा गरिएको छ।