© 2026
काठमाडौँ । भारी वर्षाको पूर्वानुमानलाई ध्यानमा राख्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले असोज ८ र ९ गते विद्यालयमा बिदा दिन तथा असोज ९ देखि ११ गतेसम्म सञ्चालन हुने परीक्षा स्थगित गर्न सम्बन्धित निकायलाई अनुरोध गरेको छ।
मौसम पूर्वानुमान महाशाखाले आगामी दिनमा देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने पूर्वानुमान गरेपछि विद्यार्थी तथा विद्यालय समुदायको सुरक्षालाई ध्यानमा राख्दै मन्त्रालयले यस्तो अनुरोध गरेको हो।