Butwal Today

माथिल्लो त्रिशूली–१ आयोजनाबाट बेपत्ता ११ जनाको शव निकालियो

३ आश्विन २०८३, शनिबार
अ+
अ-

रसुवा ।

भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाबाट सम्पर्कविहीन भएका थप ११ जनाको शव फेला परेको छ ।

नेपाली सेनाका अनुसार असोज ३ गते आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले खोजी गर्ने क्रममा अडिट–३ टनेलको जालीमा अल्झिएको तथा हिलोमा दबिएको अवस्थामा ती शव फेला पारेको हो ।

टोलीले फेला परेका सबै शवलाई टनेलबाट बाहिर निकालेको नेपाली सेनाले जनाएको छ ।

बाढीका कारण आयोजनास्थलबाट ठूलो संख्यामा मानिस सम्पर्कविहीन भएका थिए । बेपत्ता अन्य व्यक्तिहरूको खोजी तथा उद्धार कार्य अझै जारी रहेको नेपाली सेनाले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?