Butwal Today

फुल्यो काश बढ्यो शौन्दर्य

२ आश्विन २०८३, शुक्रबार
अ+
अ-

पाल्पा । हरियाली फाट , फाटमा लहलह झुलेको धानको बाला भएको फाट यही फाटको किनारा बाट त कतै बिच भाग बाट बग्ने खोलाको किनारामा यतिखेर काश फुलेर सेताम्य हुदा सेताम्य काशले प्राकृतिक रुपमा सौन्दर्य बढाएको छ । मध्य भदौ देखि यहाका साना ठुला फाटहरुमा सेताम्य फुलेको काशले प्राकृतिक रुपमा सौन्दर्यता बढाएको मात्र छैन ।नया पुस्ताको मोवाइल देखि सामाजिक सन्जाल सम्म बलियो रुपमा कब्जा गर्न सफल भएको छ । यहाको माडी , तिनाउको दोभान कचल निस्दीको गल्धा जस्ता फाटमा काश फुलेर सेताम्य भएको छ । तिनाउ गाउपालिकाको दोभानका स्थानिय कविता शारुका अनुसार तिनाउ र कचल खोलाका किनारामा सेताम्य फुलेको काशलाई साक्षी राखेर टिकटक बनाउनका लागि भनेर बुटबल देखि ठुलो सख्यामा किशोर किशोरीहरु आउने गर्दछन् । मध्य भदौ देखि फुल्ने काश प्राकृतिक रुपमा सोन्दर्यता बढाउनका लागि मात्र होइन । वातावरणिय रुपमा पनि यसको उत्तिकै महत्व रहेको स्थानिय बताउछन् ।

माडी फाटमा फुलेको काशले आफनो मनलाई खिचेको बताउदै तानसेन बजार बाट टिकटक बनाउनका लागि पुगेको विजया काफ्ले बताउछिन् । टाढा बाट हेर्दा र देख्दा जति आनन्द प्राप्त हुन्छ त्यो भन्दा बढि आनन्द त्यहा पुग्दा हुदो रहेछ । प्रकृतिले निसुल्क रुपमा दिएको उपहारलाई महत्व बुभ्mन नसक्दा मनोरम तथा पर्यटकीय प्रमुख गन्तब्य ओझेलमा परेको उनले बताइन् । माडी फाटमा तिनाउ नदी संग समाहित हुने खोला संगै तिनाउ खोलाका किनारा तथा वगरमा कहिले बाट काश फुल्यो भन्ने ठोस प्रमाण त छैन । पहिले खोला साघुरो थियो त्यती बेला राम्रो संग देखिदैन थियो । अहिले खोला फराकिलो भएका कारण धेरै क्षेत्रफलमा सेताम्य देखिदा एक पटक सबैको मन लोभ्याउछ । जब खोलामा काश फुल्न लाग्दछ तब पुरानो पुस्ताले अब वर्षा सकियो भन्ने आकंलन गर्ने बलियो आधार हुन्थ्यो । त्यसै गरी काश फुले पछि वर्षादका कारणले लाग्ने रोग व्याध सबै हराउछ भन्ने बलियो जन विश्वाश रहेको पुरानो पुस्ताका स्थानिय मणी प्रसाद ढकाल बताउछन् ।

पहिले गाउमा जनसख्या बढि थिए । गोठभर गाई भैसी गोरु हुन्थ्ये । बारीको घासले मात्र पुग्दैन थियो । खेतमा भएका घास माथि निर्भर हुनु पर्दथियो । खोलाको काश काट्यो छिट्टो भारी पुग्थ्यो । घास काटेका कारण काश कम मात्रामा फुल्थ्यो । अहिले घास काट्ने प्रचलन हराउदा सेतै फुलेको देखिने गरेको स्थानिय जानकी देबकोटाले आफनो अनुभव सुनाइन् । काशलाई सामान्य बनस्पतीका रुपमा लिन नहुने पशु चिकित्सक डाक्टर चन्द्र बहादुर राना बताउछन् । यो वनस्पती पशुका लागि पोषणयुक्त घास भएको उनले बताए । यही वनस्पतीलाई तराईका जनताले आय आर्जनको गतिलो माध्यम पनि बनाएका छन् । यसको वातावरणिय रुपमा नगन्य महत्व रहेको डिभिजन बन कार्यालयका प्रमुख मोहन श्रेष्ठ बताउछन् । यसले पहिरो नियन्त्रणका लागि महत्व पुर्ण भूमिका निर्वाह गर्दछ ।स्थानिय समुदाय संग मिलर अब यस बाट विभिन्न सामाग्री बनाउने योजना रहेको उनले बताए। यस्ता प्रकृतिक छटाको संरक्षण ,प्रचार प्रसारका लागि स्थानिय सरकारले अग्रसरता लिनु पर्दछ । स्थानिय सरकारले प्रकाशन गर्ने क्यालेण्डर , पुस्तकका आवारणमा यसको तस्विर राख्यो भने प्रचार प्रसारका लागि मद्दत पुग्ने तानसेनका पर्यटन व्यवसायी राजिव साह बताउछन् । म्युजिक भिडियो साना साना चलचित्रको छायाकंनका लागि राम्रो संभावना भए पनि स्थानिय सरकारले यस तर्फ ध्यान नदिदा यस्ता सम्पदा त्यसै खेरा गएको स्थानिय बताउछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?