Butwal Today

ओपीडी र ल्याब सेवामा विशेष छुट सहित ब्रेन एण्ड माइन्ड क्लिनिक सञ्चालनमा

२ आश्विन २०८३, शुक्रबार
अ+
अ-

भैरहवा । रुपन्देहीको भैरहवामा नसा तथा मानसिक रोगको उपचारलाई लक्षित गर्दै ‘ब्रेन एण्ड माइन्ड क्लिनिक’ सञ्चालनमा आएको छ । सिद्धार्थ बैंक नजिकै सञ्चालनमा ल्याइएको उक्त क्लिनिकले शुक्रबारदेखि सेवा आरम्भ गरेको हो । शुक्रबार एक कार्यक्रमका बिच सिद्धार्थनगर नगरपालिकाका प्रमुख ईस्तियाक अहमद खाँनले क्लिनिकको उद्घाटन गरेका हुने । भैरहवा तथा आसपासका क्षेत्रका बिरामीहरुलाई सहज र सर्वसुलभ रुपमा नसा र मानसिक स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले क्लिनिक स्थापना गरिएको सञ्चालक रोशन गुप्ताले जानकारी दिएका छन् । क्लिनिकमा न्युरो–साइक्याट्रिक (नसा तथा मानसिक) उपचारलाई मुख्य प्राथमिकतामा राखिएको छ ।

सञ्चालक गुप्ताका अनुसार क्लिनिकमा काउन्सिलिङ, ल्याब तथा फर्मेसी लगायतका विभिन्न सेवाहरु उपलब्ध छन् । क्लिनिक ओपनिङको अवसरमा हाल ओपीडी सेवा निःशुल्क गरिएको छ भने ल्याब परीक्षणमा विशेष छुटको व्यवस्था मिलाइएको छ । क्लिनिकका नसा तथा मानसिक रोग विशेषज्ञ डा. नसिम अकरमका अनुसार समाजमा सानो बाल्यकालदेखि हुर्किने वातावरण, साथीभाइ वा परिवारसँग खुलेर कुरा गर्न नसक्ने बानीका कारण एन्जाइटी, डिप्रेसन, माइग्रेन र कडा खालको मानसिक समस्या (साइकोसिस) देखा पर्ने गरेको छ । त्यसैगरी मेरुदण्डबाट जाने नसा च्यापिएर हातखुट्टा झमझमाउने र ज्यानमा स्फूर्ति नहुने जस्ता समस्याहरु सर्वसाधारणमा धेरै देखिने गरेको उनले बताए ।

भैरहवा र आसपासका बासिन्दा यस्ता स्वास्थ्य समस्याको उपचारका लागि काठमाडौँ तथा छिमेकी मुलुक भारतका सहरहरुसम्म धाउनुपर्ने बाध्यताको अन्त्य गर्न क्लिनिक सञ्चालनमा ल्याइएको डा. अकरमले बताए । क्लिनिकमा मानसिक, नसा, निद्रा नलाग्ने, अत्तालिने र यौन रोग सम्बन्धी समस्याहरूको परामर्श तथा विशेषज्ञ उपचार सेवा उपलब्ध गराइने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?