© 2026
काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत १५ किलोमा लेदोसहितको पहिरो खस्दा सडक एकतर्फी अवरुद्ध भएको छ ।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार सडक माथिबाट लेदो खसेपछि शुक्रबार बिहान साढे ७ बजेदेखि यातायात एकतर्फी सञ्चालन भइरहेको छ ।
सडकमा खसेको लेदो पन्छाएर यातायात दुईतर्फी सञ्चालनमा ल्याउन एकदेखि डेढ घण्टा लाग्ने अनुमान गरिएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।