Butwal Today

रसुवा बाढीबाट प्रभावितलाई हिमालय विद्या निकेतनको २ लाख २ हजार सहयोग

२ आश्विन २०८३, शुक्रबार
अ+
अ-

बाँके । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा पुनस्र्थापनाका लागि बैजनाथ–५, जी गाउँस्थित रहेको हिमालय विद्या निकेतन माध्यमिक विद्यालयले रु. २ लाख २ हजार २ सय २ रुपैयाँ आर्थिक सहयोग गरेको छ । विद्यालयले विद्यार्थी, शिक्षक तथा कर्मचारी र विद्यालयको तर्फबाट संकलन गरेको उक्त रकम शुक्रबार नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोगका लागि एनप्यावसन मार्फत सहयोग गरेको हो ।

विद्यालयका अनुसार सहयोग रकममध्ये विद्यार्थीहरूबाट रु. ३३ हजार ५ सय ४५, सम्पूर्ण शिक्षक तथा कर्मचारीबाट रु. ६१ हजार ३ सय ८३ तथा विद्यालयको तर्फबाट रु. १ लाख ७ हजार २ सय ७४ संकलन गरिएको थियो । संकलित कुल रु. २ लाख २ हजार २ सय २ रुपैयाँ विद्यालयको तर्फबाट एनप्यवसनका अध्यक्ष चिरञ्जीवी चन्दलाई हस्तान्तरण गरिएको विद्यालयले जनाएको छ । सो रकम सम्बन्धित कोषमा पु¥याउन आवश्यक सहजीकरण तथा समन्वय एनप्यवसनले गर्नेछ ।

विद्यालयका सञ्चालक श्याम कुँवरले विपद्का समयमा सामाजिक उत्तरदायित्व निर्वाह गर्दै विगतका वर्षहरूमा समेत विद्यालयले सहयोग गर्दै आएको बताए । देशमा भूकम्प, बाढीलगायतका प्राकृतिक विपद् आउँदा विद्यालय परिवारले आफ्नो क्षमताअनुसार सहयोग गर्दै आएको उनको भनाइ छ ।हालै रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण ठूलो संख्यामा परिवार प्रभावित तथा विस्थापित भएको अवस्थामा मानवीय सहयोग आवश्यक देखिएकाले विद्यालय परिवारले सहयोग संकलन गरी हस्तान्तरण गरेको सञ्चालक कुँवरले बताए । विद्यालयले विपद्को यस घडीमा विद्यार्थी, शिक्षक, कर्मचारी तथा विद्यालय परिवारबाट प्राप्त सहयोगले पीडित परिवारको राहत तथा पुनस्र्थापनामा केही योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।

विद्यालयले सहयोग रकम संकलनमा सहभागी सम्पूर्ण विद्यार्थी, शिक्षक तथा कर्मचारीप्रति धन्यवाद व्यक्त गर्दै रकम सम्बन्धित निकायसम्म पु¥याउन सहजीकरण तथा समन्वय गरिदिएकोमा एनप्यवसनका अध्यक्ष चिरञ्जीवी चन्दप्रति विशेष आभार व्यक्त गरेको छ । हिमालय विद्या निकेतनले शिक्षा प्रदान गर्ने संस्थाका रूपमा आफ्नो नियमित शैक्षिक जिम्मेवारीसँगै विपद् तथा सामाजिक समस्याका समयमा सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?