Butwal Today

लुम्बिनी निर्माण व्यवसायी संघद्वारा प्रधानमन्त्री राहत कोषमा सहयोग

३१ भाद्र २०८३, बुधबार
अ+
अ-

बुटवल । लुम्बिनी निर्माण व्यवसायी संघ रुपन्देहिले भोटेकोशीमा आएको बाढी तथा अन्य दैविक प्रकोपबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि एक लाख एघार हजार दुई सय एघार रुपैया प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गरेको छ।संघले संकलन गरेको सहयोग रकम बुधबार एक कार्यक्रमबीच जिल्ला प्रशासन कार्यालय, रुपन्देहीका प्रमुख जिल्ला अधिकारीसमक्ष हस्तान्तरण गरेको हो।विपद्को समयमा पीडित नागरिकलाई सहयोग पुर्‍याउने उद्देश्यले संघले सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग रकम प्रदान गरेको जनाएको छ।संघले मानवीय सेवाप्रतिको आफ्नो प्रतिबद्धता निरन्तर कायम राख्दै विपद्मा परेका नागरिकको सहयोगका लागि निर्माण व्यवसायीहरूलाई एकजुट गराएको जनाएको छ।सहयोग अभियानमा सहभागी सम्पूर्ण निर्माण व्यवसायीप्रति संघले आभार व्यक्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?