Butwal Today

सिद्धबाबामा कारमाथि ढुंगा खस्दा, तीन जना घाइते

३० भाद्र २०८३, मंगलवार
अ+
अ-

पाल्पा । बुटवल–पाल्पा सडकखण्डअन्तर्गत सिद्धबाबामा पहिरोसहित खसेको ठूलो ढुंगा कारमाथि पर्दा तीन जना घाइते भएका छन्। पाल्पाको तिनाउ गाउँपालिका–३, सिद्धबाबा मन्दिरनजिकै पाल्पाबाट बुटवलतर्फ आउँदै गरेको बा २० च ३९९९ नम्बरको निजी कारमाथि मंगलबार ठूलो ढुंगा खसेको हो।

जिल्ला प्रहरी कार्यालय, पाल्पाका सूचना अधिकारी डीएसपी भीमलाल भट्टराईका अनुसार दुर्घटनामा कारमा सवार तीन जना घाइते भएका छन्। ढुंगा खसेर कार पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। घाइते हुनेमा रुपन्देही शुद्धोधन गाउँपालिका–२ कोलुवाका ३६ वर्षीय राजकुमार लोध, बुटवल–७ दीपनगरका ३७ वर्षीया जुलन गैरे र बुटवलको जेसिज चोक बस्ने ६२ वर्षीया राधिका ढकाल रहेका छन्। ढुंगा खसेपछि केही समय अवरुद्ध भएको सडक अहिले खुलिसकेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?