© 2026
सुदूरपश्चिम ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले हरितालिका तीज पर्वले सामाजिक सद्भाव, सहयोग, भाइचारा र मेलमिलाप कायम गर्दै सुख, शान्ति र समृद्धिको मार्ग प्रशस्त गर्न सहयोग पु¥याउने विश्वास व्यक्त गरेका छन् ।
हरितालिका तीज २०८३ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले तीजले मौलिक संस्कृति, परम्परा र सामाजिक मूल्य–मान्यताको संरक्षण तथा पुस्तान्तरणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताएका हुन् ।
मुख्यमन्त्री भट्टले तीज पर्वले दिदीबहिनीबीचको आपसी प्रेम, सद्भाव, आत्मीयता र एकतालाई अझ प्रगाढ बनाउँदै पारिवारिक तथा सामाजिक सम्बन्धलाई थप सुदृढ बनाओस् भन्ने शुभेच्छा व्यक्त गरेका छन् ।
“नारी एकता, सम्मान, समानता र सशक्तीकरणको सन्देश बोकेको तीज पर्वले समाजमा आपसी सद्भाव, सहयोग, भाइचारा र मेलमिलाप कायम गर्दै सुख, शान्ति र समृद्धिको मार्ग प्रशस्त गरोस्, हार्दिक कामना गर्दछु”, उनले भनेका छन् ।