© 2026
मुस्ताङ । चीन उत्तरी कोरलानाका स्थित लोमान्थाङ—४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयबाट आधा महिनामै एक अर्ब ७८ करोड ४४ लाख बढी राजश्व संकलन गरेको छ । रसुवाको भोटेकोशीमा आएको विनासकारी बाढीका कारण रसुवागढी—केरुङ नाका पूर्ण रुपमा बन्द भएसंगै मुस्ताङ भन्सार कार्यालयमा चीनबाट मालवस्तुको पैठारी ह्वात्तै बढेको छ ।
भन्सार प्रमुख चुडालका अनुसार रसुवागढी—केरुङ नाका र तातोपानी नाका पूर्ण रुपमा बन्द भएपछि मुस्ताङको कोरलानाकाबाट चिनिया मालवस्तु पैठारीको क्रम बढ्दो रहेको उल्लेख गर्नुभयो । शुक्रबार मात्रै मुस्ताङ भन्सार कार्यालयले एकैदिन सत्ताईस करोड ११ लाख बढी राजश्व संकलन गरेको छ । भदौ २२ पछि मुस्ताङ भन्सारबाट दैनिक औसत ३० करोडको हाराहारीमा राजश्व संकलन हुने गरेको प्रमुख चुडालको भनाई छ ।प्रमुख चुडालले शुक्रबार मात्रै एकहत्तर वटा मालवस्तु कन्टेनर र एक सय ६ वटा विद्युती सवारी इभी गाडीको भन्सार जाँचपास भई गन्तव्यतर्फ प्रस्थान गरेका छन् ।
रसुवागढी नाका बन्द भएको भदौ १० गतेपछि भदौ २५ भदौ १० गतेदेखि भदौ २५ गते शुक्रबारसम्म कोरलानाकाबाट नेपाल भित्रिएका चार सय ३४ वटा मालवस्तु कन्टेनर र छ सय ४१ वटा विद्युतीय सवारी इभी गाडीको मुस्ताङ भन्सार कार्यालयमा जाँचपास गराईएको कार्यालय प्रमुख चुडालले उल्लेख गर्नुभयो । चालु आव २०८३÷०८४ को साउनदेखि भदौ २५ गतेसम्म नेपाल—चीन उत्तरी कोरलानाका हुँदै नेपाल भित्रिएका मालवस्तु कन्टेनर र विद्युतीय सवारी साधन इभी गाडीहरुको भन्सार जाँचपास गरिंदा दुई अर्ब ३१ करोड ४४ लाख बढी राजश्व संकलन भएको छ । भन्सार प्रमुख चुडालका अनुसार चालुवर्षको साउनदेखि भदौ २५ गतेसम्म पाँच सय ६७ वटा कन्टेनर र आठ सय ४ वटा विद्युतीय सवारी साधन नेपाल भित्रिएको छ । भदौ १० गते अघि रसुवाको विनासकारी बाढीले केरुङ नाका बन्द नहुँदाको अवस्थामा चालुवर्षको साउनदेखि भदौ नौ ९ गतेसम्म एक सय ३३ कन्टेनर र १६३ वटा विद्युतीय सवारी इभी गाडी नेपाल भित्रिएका थिए ।
यसअघि विस २०८२ साल भदौ अघि उपल्लो मुस्ताङका नागरिकहरुका लागि मात्रै बाह्रै महिना खुल्ला गरिएको कोरलानाका गतवर्ष तातोपानी नाका र रसुवागढी नाका बाढी पहिरो र नदी कटानले सडक अवरुद्ध भएपछि नेपाल सरकारले गत वर्षको भदौ ३१ गतेदेखि कोरलानाकालाई वैकल्पिक रुपमा निकासी तथा पैठारी नाकाको रुपमा खुल्ला गरेको थियो । भन्सार प्रमुख चुडालका अनुसार गत आव २०८२÷०८३ को बाह्र महिनाको अवधिमा नेपाल—चीन उत्तरी कोरलानाकाबाट भएको निकासी तथा पैठारीबाट मुस्ताङ भन्सारले ६ अर्ब ९२ करोडको राजश्व संकलन गरेको थियो । त्यसवर्ष पैठारीतर्फ चौध अर्ब ४१ करोड र निकासीतर्फ बिस करोड ५० लाख बराबरको मालवस्तुको कारोबार भएको थियो । गतवर्ष नेपाल—चीन उत्तरी कोरलानाका हुँदै तीन हजार २२३ वटा विद्युतीय सवारी इभी गाडी र एक हजार ८७३ वटा मालवस्तु कन्टेनरहरुको जाँचपास गरिएको थियो ।
कोरलानाका र मुस्ताङ भन्सार क्षेत्रमा सयौं कन्टेनर
नेपाल—चीन उत्तरी कोरलानाका स्थित लोमान्थाङ—४ न्हेचुङ भन्सार र कोरलानाका क्षेत्रमा सयौं कन्टेनरहरु सख्याले त्यसको ब्यापारिकमार्गकालाई निकै गुल्जार बनाईरहेको छ । रसुवाको विकासकारी घटना हुनु अघि सामान्य अवस्थामा रहेको कोरलानाका र मुस्ताङ भन्सार कार्यालय बाहिरको खुल्ला क्षेत्रमा कन्टेनर र विद्युतीय सवारीको लस्करले त्यसक्षेत्रका ब्यापारिक कारोबारमा थप रौनकता थपिएको छ । चीनसंगको रसुवागढी र ताँतापानी नाका एकैसाथ बन्द भएपछि मुस्ताङको उत्तरी कोरलानाका चीनसंगको ब्यापारमा एकमात्र विकल्प बनेको हो ।
पछिल्लो समय रसुवागढीनाका विनासकारी बाढीका कारण पूर्ण रुपमा बन्द भएसंगै केरुङमा रोकिएका सयौ मालवस्तु कन्टेनर र विद्युतीय गाडीहरु कोरलानाकातर्फ डाईभर्ट भएका हुन् । कोरलानाका हुँदै गरिने नियमित मालवस्तु निकासी तथा पैठारी परिमाणमा अन्य दुई नाकामा हुने निकासी तथा पैठारी थपिंदा कोरलानाकाको निकासी तथा पैठारी थप गतिशील बनेको हो । रसुवागढी नाका बन्द भएपछि गत भदौ १० गतपछि कोरलानाकाबाट मालवस्तु पैठारी गर्न दैनिक सय भन्दा बढी कन्टेनर माथि उक्लिने गरेको सशस्त्र प्रहरी बोर्डआउट पोस्ट बीओपीले जनाएको छ ।
जोमसोम—कोरला सडकमार्ग हुँदै माथि उक्लिएका कन्टेनरहरु र चीन स्वशासित क्षेत्र तिब्बतको लिजी क्षेत्रबाट मालवस्तु पैठारी गरी फर्किन कन्टेनरले त्यसको खुला क्षेत्र पुरै कन्टेनरले ढाँकिएका छन् । सशस्त्र प्रहरीका अनुसार कोरलानाकाबाट मालवस्तु पैठारी गर्न आएका कन्टेनरहरुको लाईन लोमान्थाङ—२ आर्कादेखि भन्सार कार्यालयबाट कोरलानाका जाने भार्सा खोलासम्मको करिव तीन किलोमिटर दुरीमा रोकिएका छन् । ती कन्टेनर भन्सार बाहिरको कोरला सडकको बाहिर दुईतर्फी पार्किङ गरी राखिएका देखिन्छन् । यसैगरी भन्सार कार्यालय नजिकै लोमान्थाङ —३ न्याम्डो गाउँको खुल्ला क्षेत्रमा समेत ठुलो संख्यामा कन्टेनर राखिएका छन् । उत्तरतर्फका दुई नाका बन्द भई कोरलानाका चलायमान हुँदै त्यसक्षेत्रमा स्थानीयको ब्यापार व्यवसायमा समेत निकै ठुलो टेवा पुगेको छ ।
कोरलानाकाबाट नेपाल—चीन भित्र बाहिर कन्टेनर र विद्युतीय गाडी ल्याउने र लैजाने स्थानीय चालकहरुले समेत मनग्ये आम्दानी गरेका छन् । कोरलानाकामा उत्तरतर्फका तातोपानी नाका र रसुवागढी नाका बन्द भएपछि भन्सार विभागले थप तीन जना अधिकृत र तीन जना नायव सुब्ब दरबन्दीको कर्मचारी काजमा खटाईसकेको छ । अहिले मुस्ताङ भन्सारको दरबन्दी अनुसार १८ जना कर्मचारी कार्यरत रहेका छन् । नाकामा कन्टेनर चालक,विद्युतीय सवारी चालक,भन्सार एजेन्ट र व्यापारीहरुको चहलपहल निकै बाक्लिएको छ । भदौ १० पछि बेनी—जोमसोम—कोरला सडकमा २४ सै घण्टा मालवस्तु कन्टेनरहरुको आउजाउ भईरहेको छ ।