Butwal Today

कृष्णभीरमा खोलिएको ट्र्याकमा ग्राभेल गर्न थालियो

२८ भाद्र २०८३, आइतबार
अ+
अ-

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा निर्माण गरिएको नयाँ ट्र्याकमा आइतबारदेखि ग्राभेल बिछ्याउन सुरु गरिएको छ। सडक फराकिलो बनाउने र सतह मिलाउने कामसँगै ग्राभेल हाल्न थालिएको हो। भदौ १४ गते त्रिशूली नदीमा आएको बाढीले सडकको फेद कटान गरेपछि सडक भासिएको थियो। त्यसपछि राजमार्ग सञ्चालनमा ल्याउन सँगैको पहाड काटेर वैकल्पिक ट्र्याक निर्माण भइरहेको छ।

नौबिसे–मुग्लिन सडक आयोजना पश्चिम खण्डका इन्जिनियर धीरज ढकालका अनुसार ट्र्याकको दुवैतर्फबाट तीव्र गतिमा काम भइरहेको छ। ग्राभेल बिछ्याउने काम पनि अघि बढाइएको उहाँले जानकारी दिनुभयो। काम केही दिनभित्रै सम्पन्न गर्ने लक्ष्यसहित ठूलो सङ्ख्यामा उपकरण र जनशक्ति परिचालन गरिएको छ। काठमाडौँ जोड्ने प्रमुख राजमार्गका रूपमा रहेको पृथ्वी राजमार्गमा दैनिक १४ हजारभन्दा बढी सवारीसाधन आवतजावत गर्ने गरेका छन्। सडक अवरुद्ध हुँदा राजधानीमा ग्यासलगायत खाद्यान्न आपूर्तिमा समेत समस्या देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?