© 2026
बुटवल । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि बुटवलस्थित बुटवल हस्पिटल प्रालिले ७ लाख ११ हजार ७ सय ११ रुपैयाँ आर्थिक सहयोग गरेको छ। २५ वर्षदेखि बुटवलमा स्वास्थ्य सेवा प्रदान गर्दै आएको हस्पिटलले विपद्को समयमा प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै उक्त रकम सहयोग गरेको हो।
हस्पिटलका अध्यक्ष चुन्नप्रसाद शर्मा पौडेलले आइतबार काठमाडौंमा नेपाल सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई ७ लाख ११ हजार ७ सय ११ रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका हुन्। कार्यक्रममा हस्पिटलका सञ्चालक तथा बुटवल उपमहानगरपालिका–५ का वडाध्यक्ष नरेश्वर शर्माको समेत उपस्थिति थियो। प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुग्ने विश्वाससहित उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको अध्यक्ष पौडेलले बताए।
बुटवलको ज्योतिपथमा रहेको हस्पिटल १०० शय्या क्षमतामा सञ्चालनमा छ। हस्पिटलले ३०० भन्दा बढीलाई प्रत्यक्ष रोजगारीसमेत प्रदान गर्दै आएको छ।विपद्का बेला आवश्यक पर्ने थप स्वास्थ्य सहयोगका लागि समेत हस्पिटल तयार रहेको प्रशासनले जनाएको छ।