© 2026
काठमाडौँ । नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक आज पनि बस्ने भएको छ । एमाले सचिव तथा कार्यदल सदस्य महेश बस्नेतका अनुसार आजको बैठकमा कार्यदलमा पेस भएका प्रतिवेदनमाथि छलफल हुनेछ ।
कार्यदलका संयोजक एवं पार्टी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को अध्यक्षतामा शुक्रबार पार्टी कार्यालय च्यासलमा बैठक बसेको थियो । बैठकमा संयोजक थापा र सदस्यसचिव शङ्कर पोखरेलका छुट्टाछुट्टै प्रतिवेदन पेस भएका थिए ।
बैठकमा दुवै प्रतिवेदनको अध्ययन गरी पुनः बैठक बसेर एउटै प्रतिवेदन तयार गर्ने विषयमा छलफल भएको बताइएको छ ।