गण्डकी । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष प्रदेश लोक सेवा आयोग, गण्डकीको वार्षिक प्रतिवेदन पेस गरिएको छ ।
आयोगले गत आव २०८२र०८३ मा सम्पादन गरेका कामकारबाही र प्रगति समेटिएको छैटौँ वार्षिक प्रतिवेदन आयोगका अध्यक्ष विष्णुप्रसाद नेपालले आज प्रदेश प्रमुखसमक्ष पेस गरेका हुन ।
प्रतिवेदन ग्रहणपछि प्रदेश प्रमुख भट्टले प्रदेश कानुन बमोजिम प्रदेश र स्थानीय तहका कर्मचारीको भर्ना, छनौट र सिफारिसको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेकामा आयोगलाई धन्यवाद ज्ञापन गरेका थिए ।
‘प्रदेश लोक सेवा आयोग ऐन, २०७६ को दफा ५०’ बमोजिम निर्दिष्ट समय सीमा भित्र नै आयोगले प्रदेश प्रमुखसमक्ष वार्षिक प्रतिवेदन तयार गरी पेस गरेको हो ।