Butwal Today

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रजिस्ट्रार र निर्देशक नियुक्त

२४ भाद्र २०८३, बुधबार
अ+
अ-

दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङका नवनियुक्त रजिस्ट्रार प्रा. श्याम लम्सालले आजदेखि आफ्नो कार्यभार सम्महालेका छन् । लम्साल यसअघि प्रतिष्ठानको रजिस्ट्रार भई आफ्नो जिम्मेवारी कुशलतापुर्बक निर्बाह गरि सकेका छन् । कर्णालि स्वास्थ्य बिज्ञान प्रतिष्ठानका रजिस्ट्रार भई पनि उनले काम गरेको अनुभव छ।

प्रतिष्ठानका उपकुलपति प्रा डा. अजयकुमार मिश्रले नवनियुक्त रजिस्ट्रार प्रा। लम्साललाई स्वागत गरेका हुन् । स्वागतका क्रममा उपकुलपति मिश्रले रजिस्ट्रार लम्सालको कार्यकालमा प्रतिष्ठानको प्रशासनिक तथा संस्थागत व्यवस्थापन थप प्रभावकारी हुने विश्वास व्यक्त गरे। यसैगरी, प्रतिष्ठानका नवनियुक्त अस्पताल निर्देशक सहप्राध्यापक डा. सुरेश रसाइलीलाई पनि उपकुलपति प्रा डा. मिश्रले स्वागत गरेका छन् । अस्पताल निर्देशक डा। रसाइलीले यसअघि नै आफ्नो पद तथा जिम्मेवारीअनुसार कार्यभार सम्हाल्दै सेवा गरिसकेका छन् । नवनियुक्त रजिस्ट्रार तथा अस्पताल निर्देशकको कार्यभार ग्रहणसँगै प्रतिष्ठानको प्रशासनिक तथा अस्पताल व्यवस्थापनलाई थप प्रभावकारी र व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?