Butwal Today

कपिलवस्तुमा खोलाले बगाउँदा महिलाको मृत्यु

२४ भाद्र २०८३, बुधबार
अ+
अ-

चन्द्रौटा। कपिलवस्तुमा खोलाले बगाउँदा ७२ वर्षीया महिलाको मृत्यु भएको छ । शिवराज नगरपालिका(३ मा मैनार खोलाले उनलाई बगाएर मृत्यु भएको हो । भैँसी चराएर घर फर्कने क्रममा खोलाले बगाउँदा स्थानीय मदवा निवासी बनैया थारु घाइते भएको प्रहरीले जनाएको छ । खोलाले उनलाई करिब ३० मिटर तलसम्म बगाएको स्थानीयले बताएका छन् । वडा प्रहरी कार्यालयका अनुसार घाइते थारुलाई तत्काल उपचारका लागि आधारभूत अस्पताल चन्द्रौटा लगिएको थियो ।

उपचारका क्रममा उनको मृत्यु भएको चन्द्रौटाका प्रहरी निरीक्षक सन्तोष घिमिरेले बताए । उनका अनुसार माथिल्लो भाग अत्याधिक वर्षा भएकोले बाढी कारण मैनार खोलामा पानीको बहाव बढेको थियो । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको निरीक्षक घिमिरेले जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?