Butwal Today

प्रकृति दोहनले बढायो विपत्तिको जोखिम

२० भाद्र २०८३, शनिबार
अ+
अ-

चन्द्रौटा। नेपाल आदिवासी जनजाति महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष जितु तरामू मगरले जनजातिको पहिचानमा विभेद नगर्न आग्रह गरेका छन् । बुद्धभुमि नगरपालिकामा शनिबार भएको महासंघ कपिलवस्तुको चौथो अधिवेशलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । पछिल्लो समय यता जनजाति समुदायको उठ्ठान गर्न विनियोजन गरिएका रकम विभिन्न शीर्षकमा संसोधन गरी विभेद गरिएको उनले बताए । यस्ता विषयमा सम्बन्धित समुदाय सचेत भई माग मुद्दा उठान गर्न अग्रसर हुन आवश्यक रहेको समेत मगरले बताए ।

प्राकृतिक संरचनालाई दोहोन गरी व्यापारको माध्यम बनाएर प्राकृति विपट्टी समस्या देखा परेको बताउँदै संरक्षणमा सबै लाग्नुपर्ने उनले दावी गरे । केहि दिन अघि भएको दुःखद घटनाप्रति चिन्ता व्यक्त गर्दै यस्ता विपदमा सरकार गम्भिर भएर लाग्नुपर्नेमा जोडदिए । पश्चिमा संस्कार र संस्कतिले नेपालमा विकृति लगायतका कुसंस्कार भित्रिदैँ गएको अध्यक्ष मगरको भनाइ छ ।

यस्तै संविधान सभा सदस्य तथा थारु कल्याणकारिणी सभाका केन्द्रिय उपाध्यक्ष विश्राम प्रसाद थारुले आदिवासी समुदायको अधिकार सुनिश्चित गर्न राज्यले समान व्यवहार र अवसरको व्यवस्था गर्नुपर्ने बताए । समुदायको सामाजिक, आर्थिक तथा सांस्कृतिक विकासका लागि छुट्याइएको बजेट लक्षित वर्गमै पुग्नुपर्नेमा जोड दिँदै उनले अधिकार प्राप्तिका लागि सम्बन्धित समुदाय संगठित र सचेत भएर आवाज उठाउनुपर्ने बताए ।

कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले आदिवासी जनजातिको भाषा, संस्कृति, परम्परा र पहिचान संरक्षणमा राज्यसँगै समुदायको पनि महत्वपूर्ण भूमिका रहेको बताए । पछिल्लो समय मौलिक संस्कृति र परम्परा कमजोर बन्दै गएकाले नयाँ पुस्तालाई आफ्नो पहिचान र संस्कृतिसँग जोड्न आवश्यक रहेको उनीहरु बताउँछन् । यसैबीच नेपाल आदिवासी जनजाति महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष बिजोली श्रेष्ठ, मुख्य सचिव लिल बहादुर कुमाल, कोषाध्यक्ष आशिष गुरुङ, महासंघका संस्थापक अध्यक्ष जित बहादुर थारु, थाकसा कपिलवस्तु सभापति पवन थारु लगायतले कार्यक्रमलाई सम्बोधन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?