© 2026
बर्दिया । भदौ १० गते बिहान अचानक आएको भोटेकोशी बाढीमा परी हालसम्म सम्पर्कविहीन रहेका ठाकुरबाबा नगरपालिकाका नागरिकका परिवार तथा आफन्तजनलाई लुम्बिनी प्रदेश सरकारका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री कृष्णा कुश्मा थारुले भेटेर सान्त्वना दिएकि छन। मन्त्री थारुले बाढीमा परी बेपत्ता भएका नागरिकका घरपरिवार तथा आफन्तजनसँग भेट गरी घटनाप्रति दुःख व्यक्त गर्दै खोज तथा उद्धारका लागि भइरहेको प्रयासबारे जानकारी दिएकि छन।
उनले विपद्को यस कठिन घडीमा पीडित परिवारलाई प्रदेश सरकारको साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरेकि छन। साथै, बेपत्ता नागरिकको खोजी तथा प्रभावित परिवारलाई आवश्यक राहत र सहयोग उपलब्ध गराउन सम्बन्धित निकायसँग समन्वय गर्ने बताइन।
भदौ १० गते भोटेकोशी नदीमा आएको आकस्मिक बाढीका कारण विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ भने केही नागरिक अझै सम्पर्कविहीन छन्। बेपत्ताको खोजी तथा प्रभावित क्षेत्रमा राहत र उद्धार कार्य जारी रहेको छ।