© 2026
काठमाडौँ । नेपालको पेन्ट्स क्षेत्रमा स्थापित बहुराष्ट्रिय कम्पनी बर्जर जेन्सन एण्ड निकोल्सन ९नेपाल० प्रालिले प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपियाँ सहयोग गरेको छ । भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट भएको जनधनको क्षतिलगायत देशका विभिन्न क्षेत्रमा प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनामा सहयोग पु¥याउने उद्देश्यले कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व सीएसआर अन्तर्गत उक्त रकम उपलब्ध गराएको हो ।
कम्पनीका कन्ट्री म्यानेजर राजीव रोयको नेतृत्वमा गएको टोलीले शुक्रबार अर्थमन्त्री डा। स्वर्णिम वाग्लेमार्फत अर्थ मन्त्रालयमा उक्त सहयोग रकम हस्तान्तरण गरेको हो । सहयोग हस्तान्तरण कार्यक्रममा कम्पनीका प्रतिनिधिले विपद्को समयमा प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनामा सहयोग गर्नु निजी क्षेत्रको पनि सामाजिक दायित्व भएको बताएका थिए ।
बर्जर पेन्ट्सले प्राकृतिक विपत्तिका कारण कठिन परिस्थितिमा रहेका नागरिकलाई तत्काल राहत उपलब्ध गराउनुका साथै प्रभावित क्षेत्रको पुनर्स्थापनाका लागि सरकारलाई सहयोग पु¥याउने उद्देश्यले कोषमा रकम प्रदान गरिएको जनाएको छ ।कम्पनीले विपद्को समयमा सरकार, निजी क्षेत्र र आम नागरिकबीचको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै देशमा आइपरेको कठिन परिस्थितिमा पीडित नागरिकको साथमा उभिनु सबैको साझा कर्तव्य भएको जनाएको छ ।
नेपालमा विगत २५ वर्षदेखि पेन्ट्स क्षेत्रमा व्यवसाय गर्दै आएको बर्जर पेन्ट्सले आफ्नो व्यावसायिक गतिविधिसँगै विभिन्न सामाजिक तथा सामुदायिक क्षेत्रमा समेत सहयोग गर्दै आएको जनाएको छ । कम्पनीका अनुसार विपद्, शिक्षा, स्वास्थ्य तथा समुदाय केन्द्रित सामाजिक गतिविधिमा कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
पछिल्लो समय भोटेकोशी बाढीका साथै देशका विभिन्न स्थानमा बाढी, पहिरो तथा अन्य प्राकृतिक विपत्तिका कारण जनधनको क्षति भएको छ । विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनाका लागि सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत सहयोग जुटाउँदै आएको छ । बर्जर पेन्ट्सको सहयोग पनि विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनामा उपयोग गरिने बताइएको छ ।