Butwal Today

तिन वर्षीय बालकलाई अटोले ठक्कर दिँदा मृत्यु

१९ भाद्र २०८३, शुक्रबार
अ+
अ-

चन्द्राैटा। कपिलवस्तुमा अटोको ठक्करबाट ३ वर्षीय बालकको मृत्यु भएको छ । शिवराज नगरपालिका(२ बालापुर मिलनचोकस्थित भित्री सडकखण्डमा अटोले बाटो काट्दै गरेका स्थानीय तिर्सना सेन ठकुरीका ३ वर्षीय छोरा शिवम सेन ठकुरीको मृत्युु भएको हो ।

शुक्रबार बिहान हल्लानगरबाट २ नम्बर टोलतर्फ जाँदै गरेको लु।प्र।०१–००१ ह १३७८ नम्बरको अटोले ठक्कर दिँदा शिवमको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अटोको ठक्करबाट टाउको र अनुहारमा चोट लागेका थियो । बालकको चन्द्रौटास्थित सञ्जीवनी सामुदायिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि बुटवल रिफर गरिएको थियो ।

उपचारका क्रममा लुम्बिनी सिटी अस्पताल, बुटवलमा पुगेका बालकलाई चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। अटो र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?