© 2026
काठमान्डौँ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले सुरुङभित्र फसेका नागरिकको खोज तथा उद्धारमा भएको ढिलाइ अमानवीय र गम्भीर विषय भएको बताएका छन् ।
प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले खोज तथा उद्धार कार्यलाई तत्काल प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराए ।
अझै पनि ६२ जिल्लाका ३ हजार ९ सय १६ नागरिक सम्पर्कविहीन रहेको विवरण आएको भन्दै उनले सरकारको ध्यानाकर्षण गराएका हुन् ।
‘खोज तथा उद्धार अहिले सबैभन्दा बढी खड्किएको विषय हो । अझै पनि ६२ जिल्लाका ३ हजार ९ सय १६ नागरिक सम्पर्कविहीन भएको विवरण आएको छ,’ उनले भने, ‘समयक्रममा यो संख्या अझै बढ्न सक्छ । सुरुङभित्र फसेकाको खोज तथा उद्धारमा भएको ढिलाइ अमानवीय र गम्भीर विषय हो ।’
उनले सुरुदेखि नै सरकारी तथा निजी क्षेत्रका स्रोतसाधन परिचालन गर्नुका साथै आवश्यक परे अन्तर्राष्ट्रिय प्रविधि र दक्ष जनशक्तिसहितको टोली परिचालन गरेर उद्धार कार्यमा केन्द्रित हुनुपर्ने बताए ।