Butwal Today

राहत र उद्धारका लागि अमेरिकी सेनाका दुई विमान नेपाल आइपुगे

१७ भाद्र २०८३, बुधबार
अ+
अ-

काठमाडौँ । बाढी तथा पहिरो प्रभावित क्षेत्रमा राहत र उद्धारका लागि आवश्यक उपकरणसहित अमेरिकी सेनाका दुईवटा विमान नेपाल आइपुगेका छन्। नेपालको नेतृत्वमा भइरहेको उद्धार तथा राहत अभियानमा सहयोग पुग्ने गरी साना लोडरसहित आवश्यक उपकरण तथा सामग्री लिएर अमेरिकी सेनाका विमान नेपाल आएका हुन्। अमेरिकी दूतावासका अनुसार रसुवामा भदौ १० गते आएको विनाशकारी बाढीपछि उद्धार तथा राहत कार्यमा सहयोग पुर्‍याउन ५ हजार विशिष्टीकृत सामग्री ल्याइएको छ। त्यस्तै, ५०० वटा प्राथमिक उपचार किट र स्ट्रेचरसमेत ल्याइएको दूतावासले जनाएको छ।

नेपाल सरकारको अनुरोधपछि ती सामग्री नेपाल ल्याइएको हो। दूतावासका अनुसार यसअघि नै करिब ३६ लाख अमेरिकी डलर बराबरका थप राहत तथा उद्धार सामग्री नेपाल ल्याइसकिएको थियो। यी सहयोगले अमेरिका–नेपालबीचको साझेदारीलाई थप प्रतिबिम्बित गर्ने दूतावासले जनाएको छयसैबीच, उद्धारका लागि आवश्यक पर्याप्त प्रविधि तथा उपकरणको अभाव हुँदा बाढीपछि आठ दिन बितिसक्दा पनि जलविद्युत् आयोजनाका सुरुङमा फसेका व्यक्तिहरूको उद्धार हुन सकेको छैन। उद्धारका लागि स्वदेशी तथा विदेशी प्राविधिक टोली परिचालन भए पनि आवश्यक उपकरणको अभाव चुनौतीका रूपमा देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?