Butwal Today

पीडितको साथमा शिवराज, बाढी प्रभावितका लागि ३८ लाख जुटाउँदै

१७ भाद्र २०८३, बुधबार
अ+
अ-

चन्द्रौटा । रसुवा बाढीले धेरैका घर मात्रै होइन, वर्षौंको मेहनत र सपना समेत बगाएको छ। बाढीपीडितको पीडामा मल्हम लगाउन शिवराज नगरपालिकाले आफ्नो तहबाट ३८ लाख ५७ हजार रुपैयाँ सहयोग जुटाउने निर्णय गरेको छ। भोटेकोशी लगायतका नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि आर्थिक सहयोगस्वरूप उक्त रकम उपलब्ध गराउने निर्णय गरिएको नगरपालिकाले जनाएको छ।

नगर कार्यपालिकाको निर्णयअनुसार जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यालय कर्मचारी तथा स्वास्थ्यकर्मीको पारिश्रमिकबाट रकम संकलन गरिनेछ। संकलित रकमबाट राहत सामग्री उपलब्ध गराउने वा आवश्यकताअनुसार नगद सहयोग गर्ने तयारी गरिएको छ।

त्यस्तै, विपद्का क्रममा शिवराज नगरपालिकाका स्थायी बासिन्दाको मृत्यु भएमा मृतकका परिवारलाई १ लाख रुपैयाँ नगद राहत उपलब्ध गराउने निर्णयसमेत गरिएको छ। नगर प्रमुख अजय थापाले विपद्मा परेका नागरिकलाई स्थानीय तहबाट सक्दो सहयोग गर्ने उद्देश्यले उक्त निर्णय गरिएको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?