Butwal Today

सडक डिभिजन पाल्पाका प्रमुख जैसवालसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

१६ भाद्र २०८३, मंगलवार
अ+
अ-

पाल्पा। सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख रामपुकार जैसवालसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन सडक डिभिजन कार्यालय दाङका प्रमुख रहेका जैसवाल र दाङको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टसहित ९ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको हो।

दाङको राप्ती गाउँपालिका–१ पाखापानीदेखि लमही जाने सडक निर्माणका क्रममा रूख कटान गरी सरकारी सम्पत्तिमा हानि–नोक्सानी पुर्‍याएको आरोपमा उनीहरूविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ। घटनाका बेला सडक डिभिजन कार्यालय दाङका प्रमुख रहेका जैसवाल पछिल्लो करिब डेढ वर्षदेखि सडक डिभिजन कार्यालय पाल्पाको प्रमुखका रूपमा कार्यरत थिए। उनीविरुद्ध मुद्दा दायर भएसँगै कार्यालय प्रमुखको जिम्मेवारीबाट स्वतः निलम्बनमा परेका छन्।

अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम प्रतिवादीहरूबाट ८१ लाख ३७ हजार ९ सय रुपैयाँ बिगो, सोही बराबर जरिवाना तथा कैद सजाय मागदाबी गरेको जनाएको छ। आयोगका अनुसार अनुसन्धानका क्रममा सरकारी सम्पत्तिमा भएको हानि–नोक्सानी र त्यसमा संलग्न व्यक्तिहरूको भूमिकाका आधारमा मुद्दा अघि बढाइएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?