Butwal Today

सभामुख अर्यालद्वारा एक महिनाको पारिश्रमिक विपद् उद्धार कोषमा प्रदान गर्ने निर्णय

१६ भाद्र २०८३, मंगलवार
अ+
अ-

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले रसुवा बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापना कार्यमा सहयोग पुर्‍याउन एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेका छन् ।

सङ्घीय संसद् सचिवालयका कर्मचारीको पनि सरकारको निर्णयबमोजिम श्रेणीगत रूपमा पारिश्रमिकवापतको रकम कट्टा गरी उक्त उद्धार कोषमा जम्मा गरिनेछ । सभामुख सचिवालयले विपद्को कठिन घडीमा प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापना कार्यमा सहयोग पुर्‍याउनु सबैको दायित्व भएको स्पष्ट गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?