Butwal Today

भोटेकोशी विपत्ति सम्बन्धमा राष्ट्रियसभाबाट विशेष प्रस्ताव पारित

१६ भाद्र २०८३, मंगलवार
अ+
अ-

काठमाडौँ । राष्ट्रियसभाले भोटेकोशीको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै विशेष प्रस्ताव पारित गरेको छ ।

सभाको आजको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले उक्त विशेष प्रस्ताव प्रस्तुत गरे । सभाले उक्त प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको हो ।

सभाको बैठकले भोटेकोशी बाढीबाट ज्यान गुमाउने नागरिकप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना व्यक्त गरेको छ । विशेष प्रस्तावमा बाढी प्रभावितको उद्धार, राहत र पुनः स्थापना तथा सम्पर्कविहीनको खोजी, घाइतेको निःशुल्क उपचार र वैज्ञानिक शव व्यवस्थापन गर्नुपर्ने उल्लेख छ ।

“भौतिक संरचनाको पुनर्निर्माणका लागि तीनै तहका सरकार, स्थानीय समुदाय, नागरिक समाज, निजी क्षेत्र, विकास साझेदार तथा अन्तर्राष्ट्रिय समुदायको सहयोग, सहकार्य र समन्वयमा राष्ट्रिय एकता कायम गरी विपद् व्यवस्थापन गर्न र भविष्यमा विपद् जोखिम न्यूनीकरण गर्न प्रभावकारी उपाय अवलम्बन गर्न सरकारको विशेष ध्यान जाओस्”, अध्यक्ष दाहालद्वारा प्रस्तुत विशेष प्रस्तावमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?