Butwal Today

लुम्बिनी प्रदेशका केही स्थानमा वर्षा कुन स्थानमा कति बर्षा ?

१५ भाद्र २०८३, सोमबार
अ+
अ-

काठमाडौँ । सोमबार राति सम्म रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन, सिन्धुपाल्चोक र लमजुङलगायत जिल्लामा मध्यमसम्म वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसम महाशाखाका अनुसार पछिल्लो ३ घण्टामा सबैभन्दा धेरै वर्षा स्याङ्जाको दण्डेश्वरमा ८६.२, गोरखाको आरुघाटमा ६२.४, रुपन्देहीमा ४६.८ र सिन्धुपाल्चोकको मेलम्चीमा २४.२ मिलिमिटर भएको छ। हाल कोसी, बागमती,गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा मधेस प्रदेशका एक(दुई स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ।

मौसम महाशाखाले चेतावनी जारी गर्दै भनेको छ, ‘ती र आसपासका ठाँउहरूमा थप वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध छ।’आज राति कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्म वर्षारहिमपातको सम्भावना छ।

यसैगरी मधेस प्रदेश साथै कोसी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थान तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोसी र बागमती प्रदेशका हिमाली, पहाडी र तराई भूभाग तथा गण्डकी प्रदेशका हिमाली, पहाडी भूभागका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

हल्का, मध्यम, भारी र धेरै भारी वर्षा भनेको के हो ?

मौसमविद्का अनुसार २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्‍यो भने हल्का वर्षा, १० मिलिमिटरभन्दा धेरै तर ५० मिलिमिटरभन्दा कम पानी पर्‍यो भने मध्यम वर्षा तथा ५० मिलिमिटरभन्दा धेरै तर १०० मिलिमिटरभन्दा कम वर्षा भयो भने भारी वर्षा भएको भनिन्छ। यस्तै २४ घण्टामा १०० मिलिमिटरभन्दा धेरै तर २०० मिलिमिटरभन्दा कम पानी परेमा धेरै भारी तथा २०० मिलिमिटर भन्दा धेरै वर्षा भएमा अति भारी वर्षा भएको भनिन्छ। एक(दुई स्थान, केही स्थान, धेरै स्थान र अधिकांश स्थानमा वर्षा भन्नाले के बुझिन्छ

मौसमविद्का अनुसार एक(दुई स्थानमा वर्षा हुने सम्भावना भन्नाले १० प्रतिशतभन्दा कम भूभागमा पानी पर्छ भनिएको हो। अनि १० देखि ३० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘थोरै स्थान’मा वर्षा हुन्छ भनिन्छ। यसैगरी ३० देखि ५० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘केही स्थान’मा तथा ५० देखि ८० प्रतिशत भूभागमा वर्षा हुने सम्भावना हुँदा ‘धेरै स्थान’मा वर्षा हुने सम्भावना छ भनिन्छ।अनि ८० प्रतिशतभन्दा बढी भूभागमा पानी पर्ने सम्भावना हुँदा मौसमविद्ले ‘अधिकांश स्थान’मा वर्षा हुने सम्भावना छ भन्छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?