Butwal Today

अध्यक्ष ओली भन्छन् – विपद्‌मा कसैले पनि राजनीति नगरौँ

१४ भाद्र २०८३, आइतबार
अ+
अ-

काठमान्डौँ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशी बाढीबाट भएको जनधनको क्षति अकल्पनीय भएको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित अन्तरक्रियामा बोल्दै ओलीले राष्ट्रिय शोकको अवस्थामा कसैले पनि राजनीति गर्न नहुने बताएका हुन् ।

‘शोक र पीडामा कसैले पनि राजनीति गर्नुहुँदैन । सबैले उदारतापूर्वक सहयोगका हात अघि बढाउनुपर्छ,’ उनले भने ।

यस्तो अवस्थामा नागरिकको उद्धार, राहत र पुनर्स्थापना सरकारको पहिलो प्राथमिकता हुनुपर्ने भन्दै ओलीले तीनवटै तहका सरकार, संघसंस्था तथा परोपकारी व्यक्तिहरू मिलेर समस्या समाधान गर्नुपर्ने बताए ।

तर, यस्तो विपद्को समयमा पनि सरकारले राज्यको सामर्थ्य कब्जा गरेर बसेको ओलीको आरोप छ ।

‘सरकारले राज्यको सामर्थ्य कब्जा गर्‍यो । अगम्य, अप्राप्य र अदृश्यजस्तो भयो,’ ओलीले भने, ‘प्रदेश र स्थानीय सरकारसँग मिलेर काम गर्नुपर्दथ्यो ।’

सबै दलले श्रेयको होडबाजी नगर्ने प्रतिबद्धता जनाइसकेको भए पनि कतिपय निजी संघसंस्थालाई खोज तथा उद्धार कार्यमा समेत सहभागी हुन नदिइएको उनले बताए ।

ओलीले विपद्को समयमा आफ्नै पहलमा उद्धार, राहत तथा पुनर्निर्माणका काम अघि बढाएको भन्दै बागमती प्रदेश सरकारलाई धन्यवादसमेत दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?